Header Ads

  • Breaking News

    चुनावमा बम विस्फोट गराउने विप्लव माओवादीका जिल्ला नेता पक्राउ

    स्थानीय चुनाव बिथोल्न बम बिस्फोट गराउने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका नेता पक्राउ परेका छन्।

    बम बिस्फोटपछि प्रहरीले खोजी गर्दै आएका भोजपुरका उद्धव बस्नेतलाई प्रहरीले  आइतबार प‍क्राउ भोजपुरैबाट गरेको हो।

    स्थानीयचुनावका बेला बम विष्फोट गरी फरार हरेका जिल्ला नेता बस्नेतलाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाइएको भोजपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियारले जानकारी दिए। प्रहरी बस्नेतवरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो। त्यही मुद्दामा बस्नेत फरार अभियुक्त थिए।

    पन्जियारका अनुसार बस्नेतले स्थानीय चुनावमा भोजपुरको विभिन्न स्थानमा बम विष्फोट गराएर फरार थिए।



    from राजनीति – Setopati Nepal's Online Newspaper http://ift.tt/2ETsSaJ

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728