Header Ads

  • Breaking News

    च्यासललाई हराउँदै आर्मी लिगको दोस्रो स्थानमा

    २४ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबलाई २-० ले पराजित गरेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जिताउन जर्ज प्रिन्स कार्की र जगजित श्रेष्ठले गोल गरे । जितपछि आर्मी लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

    १९ औं मिनेटमा टंक बस्नेतले डी एरियाको दाँया भागबाट दिएको क्रसमा जर्ज प्रिन्स कार्कीले हेड मार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाए ।

    ३६ औं मिनेटमा आर्मीले अग्रता दोब्बर पार्‍यो । च्यासलका गोलकिपर अर्पण कार्कीले रिलिज गरेको बल आर्मीका गौतम श्रेष्ठले अगाडि बढाउँदै दिएको क्रसमा अनमार्क रहेका जगजित श्रेष्ठले पेनाल्टी बक्स भित्रबाट गोल गर्दै आर्मीलाई २-० को अग्रता दिलाए ।

    आर्मीले गौतम श्रेष्ठ, युद्ध शाही र विकास तामाङ गरी तीन जना डिफेन्स खेलाएर ५ जना मिड फिल्डर खेलाएको थियो । आर्मीले दाँया भागबाट बारम्बर क्रस निकाल्दै गोलको अवसर सिर्जना गरेको थियो ।

    दोस्रो हाफमा पनि आर्मीले शुरुदेखि नै च्यासलमाथि आक्रमण जारी राख्यो । ४९ औं मिनेटमा आर्मीले गोलको अवसर गुमायो । विवेक बस्नेतको क्रसमा जर्ज प्रिन्सको हेड बल टप बारमा लागेर बाहिरिँदा आर्मीले अग्रता बढाउने अवसर गुमायो ।

    ए डिभिजन लिगमा आर्मीले च्यासलविरुद्ध अहिलेसम्म भएको तीनवटै खेल जितेको छ । सुरुवाती दुई खेलमा बराबरीपछि खेलेपछि लगातार दुई जित हात पारेको आर्मी चार खेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ ।

    च्यासलको यस सिजन यो दोस्रो हार हो । च्यासल समान ४ खेलबाट ४ अंक सहित नवौं स्थानमै छ ।

    लिगमा शनिबार सातदोबाटो युथ क्लब र एनआरटी तथा हिमालयन शेर्पा र मछिन्द्र फुटबल क्लबबीच खेल हुनेछ ।



    from Online Khabar https://ift.tt/3dKTdX7

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728