Header Ads

  • Breaking News

    अग्लेश्वरी कोषले संगीतकर्मीलाई सम्मान गर्ने

    २४ मंसिर, काठमाडौं । रामेछापको पर्यटन प्रवर्द्धनका लागि स्थापित अग्लेश्वरी हिल्स विकास कोषले नेपाली संगीत क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ ।

    कोषले पुस १९ गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, गीतका श्रवण मुकारुङ, गायिका कुन्ती मोक्तान र संगीतकार शिलाबहादुर मोक्तानलाई नगदसहित सम्मान गर्ने भएको हो ।

    यस्तै कोषले ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ पनि आयोजना गर्ने अध्यक्ष सिजम सिंजालीले जानकारी दिए । विभिन्न २५ विधामा गीत–संगीत र चलचित्रको छेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई अवार्ड प्रधान गरिने सिंजालीले बताए ।

    कोषले रामेछापको अग्लेश्वरीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले विभिन्न कार्य गर्दै आएको छ ।



    from Online Khabar https://ift.tt/3oHZauz

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728