Header Ads

  • Breaking News

    चार महिनामा प्रदेश २ को पुँजीगत खर्च २ प्रतिशतमात्रै

    २५ मंसिर, सप्तरी । प्रदेश २ मा चालु आर्थिक वर्षको प्रथम चौमासिकमा १० प्रतिशतमात्रै बजेट खर्च भएको छ । यसमा पनि विकास खर्च २ प्रतिशतमात्रै भएकाे प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

    उनका अनुसार चालूतर्फ ८ प्रतिशत र पूँजिगततर्फ २ प्रतिशत मात्रै बजेट खर्च हुन सकेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, सप्तरीको तेस्रो जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै मन्त्री साहले बजेट कम खर्च भएको सन्दर्भमा सचिवसँग बुझ्दा कर्मचारीको अभाव देखाइएको बताए ।

    कतै हाकिम नभएर त कतै लेखाका कर्मचारी नहुदा बजेट खर्च हुन नसकेको सचिवले सुनाए ।

    कर्मचारी अभावकै कारण बजेट खर्च गर्न नसकिएको उनले बताए । ‘लोकसेवा आयोगमा ३२ जनाको दरबन्दीमा ५ जना मात्रै कर्मचारी छन्’ साहले भने, ‘यसमध्ये पनि एक जना सचिव र अरु तल्लो तहका छन्, अनि कसरी काम हुन सक्छ ?’

    यद्यपि, भएको श्रोत र साधनको उपयोग गरेर प्रदेश सरकारले जनताको पक्षमा काम गरिरहेको उनले बताए ।



    from Online Khabar https://ift.tt/3GB74Mo

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728