Header Ads

  • Breaking News

    चिसोमा बच्चाको हेरचाह : के खुवाउने, के नखुवाउने ?

    जाडोको मौसम होस् या जाडो सुरु हुने बेलामा देखिने मौसम परिवर्तनको समय, मान्छेको स्वास्थ्यका लागि यो समय निकै संवेदनशील समय हो । अनेक फ्लुले पनि यही समयमा मान्छेको स्वास्थ्यमा आक्रमण गर्ने गर्छ ।

    अहिले कोरोना भाइरसको महामारी चलिरहेको छ । त्यसैमाथि चिसोको मौसममा मान्छेमा निमोनिया, रुघाखोकी जस्ता समस्याहरु देखिने भएकोले यसमा ध्यान दिनु आवश्यक रहेको चिकित्सकहरु बताउँछन् ।

    तर चिसो मौसममा स्वास्थ्यको ख्याल कसरी गर्ने ? बच्चा र बुढाबुढीलाई कसरी चिसोबाट सुरक्षित राख्ने ? भन्ने जिज्ञासामा पहिलो उत्तर आउँछ खानपानमा ख्याल गर्नु ।

    खानपानमा ख्याल राख्नु चिसोको लागि अत्यन्त आवश्यक हुन्छ । नवजात शिशु होस् या किशोरावस्थामा नपुगेका बच्चा नै किन नहुन्, घरमा आमालाई एउटै सोचले चिन्तित गराइरहेको हुन्छ कि चिसो मौसममा स्वस्थ रहनको लागि कस्तो खानपानको सही हुन्छ ?

    जाडो मौसममा यी कुरा खानामा समावेश नगर्नुहोस्

    १ दहीको प्रयोग

    २ चामल र चामलजन्य खाद्यान्नको धेरै प्रयोग

    ३‍ भुटेका चीजहरूबाट टाढा रहनुहोस्

    ४ चिसो खानेकुरालाई खानामा सामेल नगर्नुहोस्

    खानामा सामेल गराउन उपयुक्त कुराहरू

    १. मौसमी तरकारीको सुप बनाएर वा अन्य कुनै सुप तयार पारेर बच्चालाई खुवाउनुहोस् ।

    २. हरेक दिन तातो दूध खुवाउनुपर्छ । कहिलेकाहीँ स्वाद बदल्नको लागि यसमा बदाम मिसाइदिन सकिन्छ ।

    ३ दाल वा दालजन्य खानेकुरा खुवाउनुहोस् ।

    ४ दाल मिसाएर बनाइएको खिचडी बच्चाको लागप उपयुक्त हुन्छ ।

    ५ तपाईं बच्चालाई टेस्ट बदल्नको लागि अण्डा दिन पनि सक्नुहुन्छ ।

    ६ बच्चालाई जाडोमा मह खुवाउनु पनि उपयुक्त हुन्छ ।

    ७ जाडोमा शखरखण्ड स्वास्थ्यको लागि उपयुक्त हुन्छ । यदि तपाईंको बच्चाले शखरखण्ड खाइरहेको छैन भने शखरखण्डकै सुप बनाएर पनि खुवाउन सक्नुहुन्छ ।

    ८. सुक्खा फललाई खानामा समावेश गर्नु उपयुक्त हुन्छ ।

    ९ यदि तपाइँको बच्चा मिठाइमा आशक्त छ भने उसलाई शखर खान दिनुहोस् । यो तपाईंको बच्चाको स्वास्थ्यको लागि पनि धेरै लाभदायक हुनेछ।

    १० सकेसम्म हरियो तरकारीहरू खान दिनुहोस् ।



    from Online Khabar https://ift.tt/2K7vhSM

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728