Header Ads

  • Breaking News

    २०३० को एसियन गेम्स कतारमा हुने, २०३४ मा साउदीमा

    १ पुस, काठमाडौं । सन् २०३० को एसियन गेम्स कतारमा आयोजना हुने भएको छ । एसियाली खेलकुदको सबैभन्दा ठूलो मेला एसियन गेम्सको २१औं संस्करण कतारको दोहामा हुने भएको छ ।

    बुधबार ओमानको मस्कटमा भएको ओलम्पिक काउन्सिल अफ एसियाको साधारण सभाबाट दोहाले आयोजनाको जिम्मेवारी पाएको हो ।

    २०३०को एसियन गेम्सका लागि कतारको दोहा र साउदी अरेबियाको रियादले दाबेदारी पेश गरेका थिए । जसमा दोहाले रियादलाई पछि पार्दै दोस्रो पटक एसियन गेम्स आयोजना गर्ने अधिकार पाएको हो ।

    यस्तै सन् २०३४ को एसियन गेम्स साउदीको रियादमा हुने भएको छ । साधारण सभाबाट रियादलाई २२औं संस्करणको एसियन गेम्स आयोजनाको जिम्मेवारी दिइएको ओलम्पिक काउन्सिल अफ एसियाले जनाएको छ ।

    कतारले यसअघि सन् सन् २००६ मा १५औं संस्करण आयोजना गरेको थियो । रियादले पनि पहिलो पटक एसियन गेम्सको आयोजना गर्ने जिम्मेवारी पाएको हो ।



    from Online Khabar https://ift.tt/3oU2K1C

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728