Header Ads

  • Breaking News

    जबरजस्ती गरियो भने संविधानमाथि बलात्कार हुन्छ : वामदेव

    १ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले संवैधानिक परिषदसम्बन्धी अध्यादेशबाट संविधानमाथि बलात्कार भएको टिप्पणी गरेका छन् ।

    सरकारले मंगलबार जारी गरेको अध्यादेशबारे कडा प्रतिक्रिया दिँदै उपाध्यक्ष गौतमले अध्यादेशमार्फत् ऐन संशोधन गर्न पाइने तर संविधान संशोधन गर्न नपाइने बताएका छन् ।

    मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरिएको थियो । मन्त्रिपरिषदलाईसमेत थाहा नदिई जारी गरिएको अध्यादेशमा बहुमतका आधारमा निर्णय गर्न सकिने व्यवस्था छ ।

    यो पनि पढ्नुहोस प्रधानमन्त्रीसहित ३ जनाकै उपस्थितिमा संवैधानिक परिषद बैठक

    अध्यादेशबारे प्रतिक्रिया दिँदै उपाध्यक्ष गौतमले अनलाइनखबरसँग भने, ‘अध्यादेशले ऐन संशोधन गर्न पाइन्छ, संविधान पाइन्न । अहिले जारी अध्यादेशले एकैचोटि ऐन र संविधान दुवैलाई संशोधन गरेको छ । कतिपय ऐनमा संविधानको व्यवस्था जस्ताको त्यस्तै राखेको हुन्छ । त्यो संशोधन गर्न ऐन होइन संविधान नै संशोधन गर्न पर्छ । जबरजस्ती गरियो भने त्यो संविधान माथिको बलात्कार हुन्छ । अहिले त्यही भएको छ ।’

    उपाध्यक्ष गौतमले यो अध्यादेश संविधानको भावना, नेकपाको सचिवालय र स्थायी कमिटीको भदौ २६ को निर्णयविरुद्ध भएको पनि बताएका छन् ।

    अध्यादेश जारी गर्ने प्रधानमन्त्री ओलीको कदमको नेकपा, नेपाली कांग्रेस, अन्य राजनीतिक दल र संविधानका जानकारहरुले पनि विरोध गरेका छन् ।

    यो पनि पढ्नुहोस संवैधानिक परिषदको चीरहरण नगरौं ! यो पनि पढ्नुहोस अध्यादेश त आयो, अब नेकपामा के हुन्छ ? यो पनि पढ्नुहोस अध्यादेश प्रकरण : संविधानमाथिको जालसाजी यो पनि पढ्नुहोस बालुवाटारबाट धपाइएका सभामुखको दुःख !

    from Online Khabar https://ift.tt/2IVNbY8

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728