Header Ads

  • Breaking News

    ‘श्रमिकलाई आत्मसम्मान तथा भविष्यप्रति आशावादी हुने अवस्थाको सिर्जना’

    काठमाडौँ  । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकलाई वर्तमानमा उनीहरुको आत्मसम्मान तथा भविष्यप्रति आशावादी हुने अवस्थाको सिर्जना गरेको बताउनुभएको छ ।

    १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार शुभकामना दिँदै उहाँले श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी सामाजिक सुरक्षाका योजना आरम्भ गर्नुका साथै देशभित्रै सम्मानपूर्वक काम पाउने अवस्थाको सिर्जना गरिएको उल्लेख गर्नुभएको छ ।

    उहाँले श्रमिकको जीवनमा गुणात्मक परिवर्तन ल्याउन प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’लगायतका नवीन कार्यक्रम कार्यान्वयनमा ल्याइएको बताउनुभयो । श्रमिकको न्यूनतम पारिश्रमिकमा उल्लेख्य वृद्धि गर्नुका साथै श्रमको सम्मानलाई राष्ट्रिय अभियानका रूपमा अगाडि बढाइएको उहाँले उल्लेख गर्नुभएको छ ।

    उहाँले सन्देशमा भन्नुभएको छ, “श्रमिकलाई वर्तमानमा उनीहरुको आत्मसम्मान तथा भविष्यप्रति आशावादी हुने अवस्थाको सिर्जना गर्न सकिएमा मात्र श्रमको उत्पादकत्व वृद्धि हुन सक्दछ । सरकार, रोजगारदाता र श्रमिकले एकआपसमा हातेमालो गर्दै सबै किसिमको कामप्रति सम्मान गर्ने संस्कृति विकास गर्न श्रम दिवसले थप प्रेरणा दिने विश्वास लिएको छु ।”

    मन्त्री विष्टले राजनीतिक परिवर्तनलाई दिगो बनाई मुलुकको आर्थिक–सामाजिक विकासका माध्यमबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प साकार पार्न श्रमिकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभएको छ । उहाँँले श्रमिकको जीवनमा गुणात्मक परिवर्तन नआई राष्ट्रिय समृद्धि दिगो हुन सक्दैन भन्ने वास्तविकता सम्बद्ध सबै पक्षबाट आत्मसात हुन जरुरी रहेको बताउनुभयो ।



    from मुख्य समाचार – News of Nepal http://bit.ly/2VB18il

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728