Header Ads

  • Breaking News

    दुवईमा नेपालको पर्यटन प्रचार, मध्यपूर्वबाट हरेक वर्ष भित्रिन्छन् ६ हजार पर्यटक

    युएई । नेपाल पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने लक्ष्यका साथ युएईमा पर्यटन प्रचार अभियान सुरु भएको छ । दुबईमा आइतबारदेखि सुरु भएको अरबियन पर्यटन बजार (एटीएम) पर्यटन प्रदर्शनीमा नेपालले आफ्नो सहभागिता जनाएर पर्यटन प्रवर्धन तथा प्रचार गरेको हो ।

    मध्यपूर्व क्षेत्रकै सवैभन्दा ठूलो पर्यटन प्रदर्शनी मेलाको रुपमा एटीएमलाई लिने गरिन्छ । प्रर्दशनी हरेक वर्षको वैशाख महिनाको तेस्रो साता देखि ४ दिनसम्म संचालन हुँदै आएको छ ।

    पर्यटन प्रदर्शनीमा नेपालले खाडी राष्ट्रमा नेपालको पर्यटन प्रवर्धन तथा व्यवसायीकरणलाई महत्वका साथ प्रचार गर्ने पर्यटन वोर्डले जनाएको छ ।

    नेपालको सहभागिताले खाडी मुलुकका पर्यटकलाई नेपाल भित्राउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । विदेशीहरुलाई नेपाली संस्कृति, पर्यटकीय स्थल र प्राकृतिक सम्पदाका बारेमा जानकारी दिन थप सहयोग मिल्ने छ ।

    विश्वका विभिन्न देशका पर्यटक दुबईमा भेटिने भएकाले उनीहरुलाई नेपालप्रति आकर्षित गर्न ठूलो भूमिका खेल्ने वोर्डको विश्वास छ। यसपटकको प्रर्दशनी मेला २६ औँ संस्करण हो । पछिल्लो वर्ष नेपालले प्रत्येक वर्ष सहभागिता जनाउँदै आएको छ ।

    कार्यक्रममा पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरे र पर्यटन बोर्डका अन्तरगत गण्डगी प्रदेशका प्रमुख मडीराज लामीछाने युएई आएका छन्।

    मध्यपूर्वबाट वार्षिक ६ हजार पर्यटक

    सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने योजना अनुसार देश विदेशमा पर्यटक आकर्षित गर्न विभिन्न कार्यक्रम गरिरहेको छ । विदेशस्थित नेपाली नियोग तथा दूतावाससँगको समन्वयमा पर्यटन वोर्डले कार्यक्रम गदै आएको हो।

    पर्यटन प्रर्दशनी मेलाको अन्तिम दिन बिहीबार दुबईमा नेपाली साँझको आयोजना गरिएको छ। उक्त कार्यक्रममा विभिन्न देशका नागरिक तथा युएईमा रहेर व्यवसाय गदै आएका नेपाली व्यवसायी लगायतले सहभागिता जनाउने दूतावासले जनाएको छ।

    नेपाली साँझ नेपाली दूतावास आबुधाबी, नेपाल पर्यटन वोर्ड र नेपाल एयरलायन्सको संयुक्त आयोजनामा हुन लागेको हो । सरकारको लक्ष्य अनुसार नेपाली उत्पादन सामाग्री र कलालाई विश्व माझ चिनाउने विषय दूतावासको समेत प्राथिकतामा रहेको छ ।

    नेपालले पर्यटन बजार विस्तारका लागि अन्तर्राष्ट्रियस्तरमा विभिन्न कार्यक्रम संचालन गर्ने युएईका लागि नेपाली राजूदत कृष्णप्रसाद ढकालले बताए ।

    नेपाली कला तथा उत्पादन सामग्रीमा खाडी राष्ट्रको आकर्षण छ। मध्यपूर्वबाट हवाईमार्गमार्फत नेपालमा हरेक वर्ष ६ हजार पर्यटक पुग्ने गरेको पर्यटन वोर्डको तथ्यांक छ । यी राष्ट्रमा कतार एयरवेज, इतिहाद एयरवेज, एयर अरेविया, ओमान एयर र फ्लाई दुबईले नेपालमा उडान भर्दै आएका छन्



    from Online Khabar http://bit.ly/2US1Mn8

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728