Header Ads

  • Breaking News

    अन्तर्राष्ट्रिय प्रतियोगितामा आरकेको प्रायोजन

    काठमाडौं । करातेका पूर्वराष्ट्रिय खेलाडी आरके श्रेष्ठ पहारीले दोस्रो अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ च्याम्पियनसिपको आर्थीक प्रायोजन गरेका छन् । नेपाल सितोरियो कराते संघ छाउनी शाखा डोजोद्वारा आयोजित च्याम्पियनसिपका लागि आरकेले ५० हजार रुपैयाँ नगद प्रायोजन गरेका हुन् । आगामी वैशाख २० र २२ गते हुने च्याम्पियनसिपका लागि आरकेले नगद प्रायोजन गरेका हुन् । कराते पूर्वखेलाडी आरकेले यसअघि पनि विभिन्न राष्ट्रिय प्रतियोगिता, नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रशिक्षणमा र सामाजिक कार्यमा पनि सहयोग गर्दै आइरहेका छन् । नेपाली खेलकुदमा करिब दुई दशक अगाडि उनी कराते खेलाडी थिए ।

    सोही कार्यलाई निरन्तरता दिँदै आरकेले लैनचौरमा दुई दिनसम्म चल्ने अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ च्याम्पियनसिपका लागि नगद प्रायोजन गरेका हुन् । उक्त च्याम्पियनसिपमा पहिलो हुने टिमले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी किक बक्सिङको बेस्ट प्लेयरले ५ हजार तथा करातेका फाइटतर्पmका बेस्ट प्लेयरले भने माउन्टेन साइकल प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानबाट करिब ७ सय खेलाडीको सहभागिता रहने आयोजक डोजोका अध्यक्ष महेश रन्जितले जनाएका छन् । दुईदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।



    from खेल-खेलाडी – Sourya Daily http://bit.ly/2PDkTQU
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728