Header Ads

  • Breaking News

    दिल्ली र चेन्नई को जाला क्वालिफायरमा ?

    १८ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लिगको शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ ।

    नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा सुरु हुने खेलमा घरेलु टोली चेन्नईविरुद्ध दिल्ली मैदानमा उत्रिदैछ । दुबै टिम जितको खोजीमा हुनेछन् । विजेता टिम सिधै पहिलो क्वालिफायरमा प्रवेश गर्नेछ । यी दुबै टिम प्लेअफमा यसअघि नै पुगिसकेको हुनाले अब दुबै टिमको लक्ष्य पहिलो क्वालिफायरमा पुग्नु हो ।

    यसअघि भएको खेलमा चेन्नईले दिल्लीलाई ६ विकेटले पराजित गरेको थियो । त्यही भएरपनि आजको खेलमा चेन्नईको उच्च मनोबल रहेको छ । यता, दिल्ली भने चेन्नईलाई पराजित गर्दै फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर राउण्डमा पुग्ने दाउँमा छ ।

    दिल्लीले १२ खेलमा ८ खेलमा जित र चार खेलमा हार ब्यहोर्दै १६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको चेन्नईको समान खेलबाट ८ खेलमा जित र चार खेलमा नै हार ब्यहोर्दै १६ अंक नै बनाएको छ । तर नेट रनरेटमा भने दिल्लीसँग चेन्नई पछि पर्दै दोस्रो स्थानमा छ ।

    त्यस्तै, प्लेअफकै दौरानमा मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स, किंग्स इलाभेन पञ्जाब र कोलकत्ता नाइट राइडर्स रहेका छन् ।

    प्लेइङ इलाभेनमा पर्लान् सन्दीप ?

    सन्दीप लामिछाने पहिलो पटक आईपीएलमा विकेटविहीन बने । यसअघि उनले आफ्नो प्रत्येक खेलमा पूरै चार ओभर बलिङ गर्दै विकेट पनि लिएका थिए । तर रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध भने उनी विकेट विहिन बने ।

    तीन ओभर बलिङ गरेका सन्दीपले ३६ रन खर्चिए । तर उनको टिम दिल्लीले बेंग्लोरलाई १६ रनले पराजित गरेको थियो । जारी आईपीएलमा ६ खेल खेलेका सन्दीपले ८ विकेट लिएका छन् ।

    पछिल्लो खेलको प्रदर्शन हेर्ने हो भने सन्दीपको विर्सन लायक नै बन्यो । त्यसैले आजको खेलमा सन्दीप टिममा पर्न निकै मुस्किल छ ।



    from Online Khabar http://bit.ly/2GTZVL4

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728