Header Ads

  • Breaking News

    पारिश्रमिक कडा लिनेप्रति आँचलको आक्रोश

    नायिका आँचल शर्मा खुलस्त बोल्न रुचाउँछिन् । कुनै न कुनै बिषयमा उनको खुलेर बोल्ने बानीले धेरैलाई ब्यङ्ग्य पनि गर्छ । अहिले आँचल पारिश्रमिक धेरै लिने र मिडियामा हल्ला गर्ने कलाकारहरुप्रति खनिएकी छिन् ।
    आँचलले भनिन्–‘यहाँ त मिडिया र कलाकार दुबैको गल्ती छ । पारिश्रमिक २०–३० लाख लियो अनी हल्ला गर्दै हिड्यो । मिडियाले पनि डिमाण्डेड नायिका भनिदिन्छ । कहिलेकाही त हामीलाई पनि पारिश्रमिक धेरै लिदा मात्र डिमाण्ड हुने रहेछ भन्ने लाग्छ ।’

    नायिका शर्माले मिडियामा आउने पारिश्रमिक र कलाकारले वुझ्ने पारिश्रमिक एउटै नहुने समेत बताइन् । उनले भनिन्–‘एउटा कलाकारले कम पारिश्रमिकमा साइन गरेर बाहिर आउँदा धेरै पैसा भनिदिन आग्रह गरेको मेरै आँखाले देखेको छु, कानले सुनेको छु । यसैले म यो कुरामा विश्वास नै गर्दिनँ ।’

    आँचलले कलाकारले महंगो पारिश्रमिक माग्दा एउटा निर्मातालाई पनि समस्या भैरहेको सुनाइन् । आफ्नो भूमिका र समय हेरेर त्यही अनुसार पारिश्रमिक लिनुपर्ने आँचलको तर्क छ । आँचलले आफूले भने ‘घाटी हेरेर नै हाड निलिरहेको बताइन् । आँचल अभिनित चलचित्र ‘दाल भात तरकारी’ शुक्रबारदेखि रिलिज हुँदैछ । आँचल यो चलचित्रबाट आफू अत्यन्तै आशावादी रहेको बताउँछिन् ।

    तस्वीरः शंकर गिरी



    from Online Khabar http://bit.ly/2XZj5op

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728