Header Ads

  • Breaking News

    राष्ट्रपतिको स्वास्थ्यमा समस्या, आजै स्वदेश फर्कने

    काठमाडौं । साताव्यापी औपचारिक चीन भ्रमण रहनु भएका राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा समस्या देखा परेपछि आज स्वदेश फर्किदै हुनुहुन्छ ।

    चीनको राजधानी बेइजिङमा भएको बेल्ट एन्ड रोड (बिआरआई) फोरमअन्तर्गत गोलमेच सम्मेलनमा सहभागी हुन गत बुधबार चीन प्रस्थान गर्नुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किन लाग्नु भएको हो । स्वास्थ्यमा समस्या देखा परेपछि उनी सम्मेलनका कार्यतालिकाभन्दा एक दिनअघि स्वदेश फिर्ता हुन लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    राष्ट्रपति भण्डारी सिचुवान एयरलाइन्सको विमानबाट आज बिहान साढे १० बजे स्वदेश आइपुग्नुहुने सचिवालयले जानएको छ । बिआरआई फोरमअन्तर्गतको गोलमेच सम्मेलनमा सहभागी भई चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा भ्रमणमा पुग्नुभएका राष्ट्रपति भण्डारी सिधै नेपाल आउनुहुने कार्यक्रम तय गरिएको छ ।



    from मुख्य समाचार – News of Nepal http://bit.ly/2vwH16q

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728