Header Ads

  • Breaking News

    प्रधानमन्त्री ओलीद्धारा महासचिव पौडेलको बचाउ

    वालुवाटार जग्गा किनबेचमा पौडेल निर्दोष

    काठमाडौं (नेस) । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले ललिता निवासको सरकारी जग्गा खरिदमा महासचिव विष्णु पौडेलको संलग्नता नरहेको बताउनुभएको छ । उहाँले सरकारले ललिता निवासको सरकारी जग्गा फिर्ता ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।

    मंगलबार नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले जहाँ जोसुकैले सरकारी जग्गा अतिक्रमण गरेको भएपनि सरकारले फिर्ता ल्याउने बताउदै भन्नुभयो–नेकपाको सरकार र पार्टीलाई बदनाम गर्न बालुवाटार जग्गा प्रकरणलाई विरोधीहरुले उचाल्ने काम गरेका छन् ।’

    नेकपाको सरकार र पार्टीलाई बदनाम गर्न महासचिव पौडेललाई लान्छना लगाइएको उल्लेख गर्दै राजाको शाससनकालमा किनबेच भएको जग्गा विक्री हुँदा महासचिव पौडेल कुनै पदमा नै नरहेको दावी गर्नुभयो । पौडेलले सत्ता र पदको दुरुपयोग गरेर जग्गा आफ्नो छोराको नाममा गरेको होइन, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

    उहाँले बालुवाटार जग्गा प्रकरण, वाइडबडी प्रकरण तथा होटल हायात प्रकरणको स्पष्ट छानबिन गरेर दोषीलाई कारबाही गर्ने बताउदै कसलाई नाफा नोक्सान पर्छ त्यसतर्फ ध्यान नदिइ सरकारले सत्यत्थ्य बाहिर ल्याउने बताउनुभयो ।

    सोमवार बसेको नेकपाको सचिवालय बैठकमा नेताहरुले महासचिव पौडेलमाथि छानबिन गर्नुपर्ने माग राखेपछि प्रधानमन्त्री ओलीले महासचिव पौडेल निर्दोष रहेको बताउनुभएको छ ।

    ललिता निवास प्रकरणका दोषीमाथि कारवाही गर्न माग

    नेपाली कांग्रेसले बालुवाटार जग्गा प्रकरणमा गहिरो र गम्भीर छानबिन गर्न आग्रह गर्दै कुनैपनि मोलाहिजा वेगर दोषीमाथि कारवाहीको माग गरेको छ ।
    कांग्रेस सभापति शेरवहादुर देउवाले अघिल्लो दिन सोमबार संसद बैठकमा बालुवाटारको सरकारीे जग्गा समेत भूमाफियाको कब्जामा पुग्न लागेको तथ्य सार्वजनिक हुँदा पनि सरकार ढाकछोप गर्न तल्लिन देख्दा नागरिकको धैर्यको सीमा टुट्न लागेको बताएको भोलिपल्टै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको तर्फबाट मंगलबार विज्ञप्ती जारी गर्दै तथ्यको जगमा सत्यको खोजी र दोषीमाथि कार्वाही गर्न सरकारसंग माग गर्नुभएको हो ।

    बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको गम्भीर विषयप्रति नेपाली कांग्रेसले सार्वजनिक रुपमा आपत्ति व्यक्त गर्दै आएको भन्दै प्रवक्ता शर्माले भन्नुभयो– वैशाख २५ मा शुरु हुने ‘राष्ट्रिय जागरण अभियान’ मा यस्ता सबै खाले विसंगतिका विरुद्ध राष्ट्रव्यापी रुपमा आवाज घनिभूत तुल्याइने छ ।

    बालुवाटारको जग्गा को ब्यक्तिका नाममा, कसरी पुग्यो, त्यसमा को संलग्न थिए र छन् भन्ने विवरण यसबीचमा तथ्य प्रमाणका साथ सार्वजनिक भैसकेको छ भन्दै उहाले तथ्यको जगमा सत्यको खोजी र दोषीमाथि कारवाहीका लागि आम नागरिकको सजगता, संचार माध्यमहरुको निष्पक्ष प्रखरता, अनुसन्धानकर्मिहरुको इमानदारीता संगै प्रतिपक्षको दबाब र सरकारको ईमान्दार विवेक यतिबेला परीक्षाको कसिमा रहेको बताउनु भयो ।



    from मुख्य समाचार – News of Nepal http://bit.ly/2ZLxczn

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728