Header Ads

  • Breaking News

    प्रदेश– १ को सम्पर्क राजधानी धनकुटा तोकियो

    नेपाल समाचारपत्र, धनकुटा ।
    प्रदेश सरकारले प्रदेश– १ को सम्पर्क राजधानी धनकुटालाई तोकेको छ । नाम र स्थायी राजधानी तोक्न नसकिरहेका बेला मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।

    संघीय सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरु भंग गरे लगत्तै प्रदेश सरकारले पूरानो क्षेत्रीय सदरमुकामलाई प्रदेशको सम्पर्क राजधानी बनाएको हो । त्यस्तै प्रदेश १ को यातायात कार्यालय पनि धनकुटामै राख्ने निर्णय भएको छ ।

    धनकुटा यसअघि पूर्वाञ्चल विकास क्षेत्रको राजधानी थियो । यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने भएको स्रोतले जनाएको छ ।

    यसैबीच प्रदेशको नाम र राजधानीका बारेमा छलफल गर्न नेकपा संसदीय दलको बैठक बुधवारदेखि बोलाइएको छ ।



    from मुख्य समाचार – News of Nepal http://bit.ly/2IT1pYb

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728