Header Ads

  • Breaking News

    नेपाल एयरलाइन्सका पाइलट विजय लामा निलम्बित

    नेपाल समाचारपत्र, काठमाडौं ।
    नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजय लामा निलम्बनमा परेका छन् । प्राधिकरणले स्पष्टिकरण सोधेर लामालाई ग्राउन्डेड गरेको हो।

    निगमका प्रवक्ता रहेका बेला दुबई उडान रद्द भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो।

    लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै प्राधिकरणले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरेको हो।

    पाइलटलगायत उड्डययनकर्मीलाई नियमन गर्ने नागरिक उड्डयन प्राधिकरणलाई गत वैशाख पहिलो साता ुआफ्नो इजाजतपत्र खारेज गर्नु चुनौती दिएका थिए। चुनौतीदिएपछि नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामालाई ७ दिने स्पष्टीकरण सोधेको थियो ।

    एक अनलाइन टिभीमा पाइलट लामाले ५५ मिनेट लामो अन्तर्वार्ताका क्रममा आवेशमा आई नियमन गर्ने निकायलाई चुनौती दिएपछि उनलाई प्राधिकरण मातहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यार्डड विभागले गत वैशाख ४ गते बुधबार ७ दिने स्पष्टीकरण सोधेको थियो । उक्त स्पष्टिकरण स्पस्ट नभएको भन्दै उनलाई निलम्बन गरिएको बुझिएको छ ।



    from मुख्य समाचार – News of Nepal http://bit.ly/2VCjTC5

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728