Header Ads

  • Breaking News

    स्पेनमा समाजवादी पार्टी ठूलो दल, त्रिशंकु सरकार बन्दै

    म्याड्रिड– स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजको सत्तारुढ समाजवादी पार्टीले संसदको चुनावमा ठूलो दलको रुपमा विजयी भएको छ । तर समाजवादीलाई सरकार गठन गर्न आवश्यक पूर्ण बहुमत भने प्राप्त भएको छैन । अति–दक्षिणपन्थी दलले यसपटक संसदमा प्रवेश पाएसँगै स्पेनको राजनीतिक परिदृश्य थप अन्यौलतर्फ उन्मूख भएको छ । प्रधानमन्त्री सान्चेजले अरु साना दलसँग मिलेर सरकार गठन गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ ।सन् २०१७ मा क्याटालोनियाले स्पेनबाट अलग्गिन चाहेयता स्पेनमा राजनीतिक अस्थिरता अझ चुलिएको छ ।

    from रातोपाटी http://bit.ly/2UMejZm

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728