Header Ads

  • Breaking News

    राष्ट्रपति भण्डारीसँग लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुखको भेटवार्ता   

    विशेष समाचारदाता सुरेन्द्रबहादुर नेपाली ।

    बेइजिङ,  राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज बिहान जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता ग¥यो ।

    उक्त अवसरमा राष्ट्रपति भण्डारीले जापान नेपालको असल र नजिकको मित्र भएको र नेपालको विकास परियोजनामा सबैभन्दा ठूलो सहयोगी भएको बताउनुभयो । उहाँले जापान सरकारबाट भएका काम राम्रा र स्तरीय भएको भनी प्रशंसा गर्नुभयो ।

    उपप्रमुख तोशिहिरो निकाइले दुई मुलुकको सम्बन्ध सकारात्मक भएको र नेपालमा महिला सशक्तीकरणका प्रयासका उदाहरण महिला स्वयं राष्ट्रपति भएकोबाट प्राप्त हुने र यसबाट जापानले पनि सिक्नसक्ने बताउनुभयो ।

    भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सङ्घीय संसद्का सदस्य र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।
    रासस



    from मुख्य समाचार – News of Nepal http://bit.ly/2J1iv5b

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728