Header Ads

  • Breaking News

    १४ वर्षीया किशोरी बलात्कार आरोपमा युवक पक्राउ

    १७ वैशाख, धनुषा । चौध वर्षीया किशोरी बलात्कार आरोपमा क्षीरेश्वरनाथ नगरपालिका–५,  महेन्द्रनगर बस्ने ३३ वर्षीय राजकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारीअनुसार किशोरीउपर आइतबार नै बलात्कार भए पनि भोलिपल्ट सोमबार मात्र परिवारजनले प्रहरीमा उजुरी गरेपछि अभियुक्त साहलाई प्रहरीले पक्राउ गरेकाे हो ।

    घरमा कोही नभएको मौका छोपी साहले घरमा प्रवेश गरी किशोरीलाई बलात्कार गरेको बताइएको छ । किशोरीलाई उपचार तथा स्वास्थ्य परीक्षणको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ । इप्रका महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक अमिर दाहालका अनुसार पीडक साहलाई हिरासतमा राखी जबर्जस्ती करणीको मुद्दा चलाउने तयारी गरिएको छ ।



    from Online Khabar http://bit.ly/2V2VCFP

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728