Header Ads

  • Breaking News

    गोरखा सर्जक समाजले शताब्दी पुरुष जोशीलाई सम्मान

    गाेरखा, १६ वैशाख । गोरखा सर्जक समाजले बाङमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरेको छ । जोशीको शताब्दी वर्ष प्रवेशको अवसरमा राजधानीको लेखनाथ साहित्य सदनमा बृहत कवि गोष्ठी आयोजना गरी गोरखा सर्जक समाजले जोशीलाई सम्मान गरेको थियो । जोशी यही बैशाख ३० गते एक सय वर्षमा प्रवेश गर्दै छन् ।

    करिब चार घण्टा तीन दर्जन कविहरुका रचना सुनेपछि कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले आफ्नो जागिरे जीवनको प्रारम्भ गण्डकी अञ्चलबाट भएको र गण्डकी अञ्चलको लोक संस्कृतिले आफुलाई सांस्कृतिक क्षेत्रमा खोज तथा अनुसन्धान गर्ने प्रेरणा मिलेको बताए । लोकसंस्कृतिको खोज तथा अनुसन्धानबाट लेखिएको आफ्नो कृतिले पहिलो पटक मदन पुरस्कर समेत प्राप्त गरेको स्मरण गरे । गण्डकी प्रदेशको कला,संस्कृति र साहित्य समृद्ध रहेको चर्चा गर्दै जोशीले आफुलाई गोरखा सर्जक समाजले सम्मान गरेकोमा खुशी प्रर्कट गरे । साहित्यकारहरुलाई निरन्तर सिर्जना कर्ममा लागि रहन अनुरोध गर्दै जोशीले गोरखा सर्जक समाजको सफलताको शुभकामना समेत प्रर्कट गरे ।

    कार्यक्रममा विरिष्ठ पत्रकार तथा साहित्यकार प्रा. पुरुषोत्तम दाहालले नेपाली बाङमयका धरोहर शताब्दी पुरुष सत्यमोहन जोशीको छाहारीको सितलता साहित्यकारका लागि उत्प्रेणाको मुहान भएको बताए । नेपाली बाङमयमा तीनतीन पटक मदन पुस्कार प्राप्त गर्ने एक मात्र स्रष्टा शताब्दी पुरुष जोशी रहेको उल्लेख गर्दै दाहालले जोशीकैबाट प्रेरणाबाट आफ्नो कृति शान्ता उपन्यासको अंग्रेजी संस्कारण प्रकाशन भएको बताए ।

    गोरखा सर्जक समाजका सल्लाहकार प्रा. सिताराम अधिकारीले शताब्दी पुरुष सत्यमोहन जोशीको योगदानको बारेमा चर्चापरिर्चा गरेका थिए । गोरखा सर्जक समाजका सल्लाहकार वरिष्ठ कवि तीर्थराज अधिकारीले शताब्दी पुरुष सत्यमोहन जोशी सक्रिय दिर्घ जीवनको कामना सहित कविता वाचन गरेका थिए ।


    संगीतकार तथा प्राज्ञ आलोकश्रीले शताब्दी पुरुषको रचनालाई आफुले छ महिना देखि संगीत गरिरहेको बताएका थिए भने नेपाली लेखक संघका केन्द्रीय सदस्य नारायण सापकोटाले शताब्दी पुरुषलाई रचना सुनाउन पाँउनु जीवनको सौभाग्य रहेको बताए ।

    कार्यक्रममा कविहरु पूर्वमन्त्री चीरञ्जीवि बाग्ले, डा.राजेन्द्र बाग्ले, डा.टिकाराम अधिकारी, डा.नवराज कट्टेल, श्रीहरि फुयाल, गीता रेग्मी, उमा अधिकारी, भाग्यशाली अधिकारी , वुद्धिराज पाण्डे, शम्भु अधिकारी, विजय न्यौपाने, जीवन अधिकारी, बाशुदेव भट्ट, शारदा घिमिरे लगायत तीन दर्जन कविहरुले कविता वाचन गरेका थिए । कार्यक्रमको प्रारम्भ समाजका सदस्य हेमन्त अधिकारीले सरस्वती वन्दना वाचन सँगै भएको थियो ।
    कार्यक्रमका सभापति गोरखा सर्जक समाजका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले गोरखा सर्जक समाजको स्थपना,उदेश्य र समाजले गर्ने कार्यहरुको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा शताब्दी सत्यमोहन जोशीले तारापति शर्मा ढकालको मेरा केही एकाङकीहरु कृतिको विमोचन गरेका थिए ।

    The post गोरखा सर्जक समाजले शताब्दी पुरुष जोशीलाई सम्मान appeared first on Nepali News Online | Nepali Samachar Harekpal.



    from Nepali News Online | Nepali Samachar Harekpal http://bit.ly/2VxniSx
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728