Header Ads

  • Breaking News

    जन्ती जिप दुर्घटनामा ५ को मृत्यु

    कविराज नेपाल, पाल्पा
    पूर्वी पाल्पाको भीरपानीमा जन्ती बोकेको लु १ ज १९४१ नम्बरको जिप दुर्घटना हँुदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा निस्दी–७ का खड्गबहादुर सोमै, सोही स्थानका देवीलाल खन्गाह, लालबहादुर सारु,सन्तबहादुर सारु र चालक बुद्धिबल सोती रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक भूपालसिंह रानाले बताउनुभयो ।

    चालकको ठेगाना खुलेको छैन । जिप अनियन्त्रित भई सडकबाट करिब४ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप अनियन्त्रित हुन थालेपछि जिपमा रहेका अन्य जन्तीहरु हाम फालेका थिए । जिपमा सवार दुलाहादुलही पनि हाम फालेको प्रहरीले जनाएको छ ।

    थप उद्धार तथा अनुसन्धानका लागि तानसेन इप्रका रामपुर र जिल्ला सदरमुकाम तानसेनबाट प्रहरी घटनास्थलतर्फ गएको छ । घटनास्थल सदरमुकाम तानसेनबाट करिब ७० किलोमिटर टाढा रहेको छ ।



    from मुख्य समाचार – News of Nepal http://bit.ly/2W9wYQm

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728