Header Ads

  • Breaking News

    गैँडाको आक्रमणबाट चितवनमा १ जनाको मृत्यु

    १७ वैशाख, चितवन । भरतपुर महानगरपालिका–२८, भङ्गाहमा गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी ४६ वर्षीय खडेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    महतोलाई माछा मारी घर फर्कने क्रममा गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गैँडाको आक्रमणबाट घाइते महतोको उपचारका क्रममा आज बिहान ३ः३० बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

    महतोलाई गैँडाले सोमबार राति ९ बजे आक्रमण गरेको थियो ।

     



    from Online Khabar http://bit.ly/2L7YQTU

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728