Header Ads

  • Breaking News

    बालुवाटारको जग्गा काण्डमा मुछिएकालाई कारवाहीको माग गर्दै प्रमलाई ज्ञापन

    बुटवल
    बालुवाटारको ललिता निवास जग्गा काण्डमा मुछिएका नेकपा महासचिव बिष्णु पौडेललाई हदैसम्मको कारवाहीको मागगर्दै नेपाल तरुण दल रुपन्देहीले प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।
    नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल रुपन्देहीले सोमबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मार्फत प्रधान मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई बनेको सरकारले जनताको जनजीविकाको पक्षमा कार्य गरी पूर्ण न्याय र संमृद्धिका लागि काम गर्ने आशा गरिएकोमा यसको उल्टो काम भएको भन्दै ६ बुँदे माग सहित तरुण दलले प्रधामन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।

    कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको १० महिना बितिसक्दा पनि बलात्कारी र हत्यारा पत्ता नलाग्नु, सवै तह र तप्कामा भ्रष्टाचार मौलाउनु, वाईडबडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचार किनारा नलाग्नु, एनसेलले बुझाउनुपर्ने ७० अर्ब भन्दा बढी राजश्व विभिन्न वहाना गर्दै एनसेलसँग असुलउपर नगरी जनताको समृद्धीको चाहाना माथि कुठाराघात हुनु, राजधानीका जनताको दशकौ देखिको मेलम्चीको खानेपानी अधुरो हुनु, सार्वजनिक र सरकारी जमिनहरुको संरक्षण नगरी लालपुर्जा बाड्ने कामको तथ्य प्रधानमन्त्री निवास परिसरको जग्गा काण्डबाट प्रष्ट भएको उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

    नेपाल तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङ्द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा यी सबै घटनामा दोशीलाई हदैसम्मको कारवाही गर्न र पिडितलाई न्यायको अनुभूति गराउन आग्रह गरिएको छ ।

    तरुण दलले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र पठाउदै बालुवाटार जग्गा काण्डमा संलग्न नेकपाका महासचिव पौडेल लगायतका व्यक्तिहरुलाई हदै सम्मको कारवाहीको माग गरिएको छ ।

    देशमा बढ्दै गएको भ्रष्टाचार, महंगी, अन्याय एवं अ्रत्याचारको विरुद्ध तरुण दल गम्भिर ढंगबाट प्रस्तुत भई जनताको संवैधानिक अधिकारको रक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको चेतावनी समेत दिएको छ ।

    त्यस्तै कपिलबस्तुमा पनि नेपाल तरुण दलले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । बालुवाटार जग्गा काण्डमा मुछिएका पौडेल सहित संलग्न सबैलाई कारवाहीको माग गर्दै तरुण दलले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।



    from मुख्य समाचार – News of Nepal http://bit.ly/2J2jOB5

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728