Header Ads

  • Breaking News

    विष्णु पौडेललाई क्षतिपूर्ति दिन नेविसंघले पठायो ६५५ रुपैयाँ

    यमलाल भुसाल, बुटवल ।
    बालुवाटारस्थित ललितानिवास जग्गा विवादमा मुछिएका नेकपा महासचिव विष्णु पौडेललाई क्षतिपूर्ति दिन नेविसंघरुपन्देहीले एक रुपैयाँ संकलन अभियान सुरु गरेको छ ।
    जग्गा खरिद गर्दा पौडेल ठगिएकाले क्षतिपूर्ति पाउनुपर्ने सरकारका प्रवक्ता गोकुल बास्कोटाको भनाईलाई व्यंग्य गर्दै कांग्रेसको विद्यार्थी संगठनले रकम संकलन गरेको हो ।

    ‘बालुवाटारको सरकारी जग्गा खरिदको क्रममा ठगिएका पीडित नेकपा महासचिव, रुपन्देही क्षेत्र नम्बर २ वाट निर्वा्चित सांसद एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलज्यूलाई क्षतिपुर्ति स्वरुप १ रुपैंया सहयोग संकलन कार्यक्रम’ लेखिएको कालो ब्यानर बोकेर नेविसंघले अभियान सुरु गरेको हो ।

    आईतवार ६ सय ५५ रुपैंया संकलन भएको नेविसंघ बुटवल वहुमुखी क्याम्पसका सभापति दिनेश पौडेलले जानकारी दिनुभयो । नेविसंघ रुपन्देहीे निर्वतमान सभापति सन्तोष डिसीको को नेतृत्वमा बुटवलको ट्राफीक चोकमा एक रुपैंयाँका दरले बटुवासँग उक्त रकम संकलन गरिएको हो । संकलित रकम ईलाका प्रसाशन कार्यालय बुटवल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यलयमा पठाईएको नेपाली काँग्रेसका नेता अजय रावतले वताउनुभयो ।

    कार्यक्रममा नेविसंघकी पुर्व केन्द्रीय सदस्य जमुना ढकाल, सशवश्ती सास्कृतिक क्याम्पसका स्ववियु सभापति विष्णु पौडेल, लुम्विनी वाणिज्य क्याम्पसका सभापती सुरज जिसी, सिद्घार्ग गौतमवुद्घ क्याम्पसका सभापती महेस सर्मा, लुम्विनी ईन्जिनीयरीङ्ग कलेजका सभापती शमशेर खडका, तरुण दलका नेता विमल गुरुङ, सुदिप गुरुङ विद्यार्थि नेत्री सञ्जु चापागाई र एलीसा टण्डन लगायतको उपस्थिती रहेको थियो ।



    from मुख्य समाचार – News of Nepal http://bit.ly/2J0lOK4

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728