Header Ads

  • Breaking News

    बुटवल-भैरहवा-लुम्बिनी जोडेर ‘मेघा सिटी’ बनाइने

    १७ वैशाख, बुटवल । बुटवल उपमहानगरपालिकाले एकीकृत शहरी गुरुयोजना निर्माणपछि थालिएका कामको प्रभाबकारिता बढ्दै गएको दावी गरेको छ । नगरले भौतिक विकास र मानवीय विकास एकैपटक हुनुपर्ने मान्यता बोकेर गुरुयोजना बनाएर काम गरिरहेको नगर प्रमुख शिबराज सुबेदीको भनाइ छ ।

    बुटवलको भबिष्य सुन्दर रहेको भन्दै बुटवल-भैरहवा-लुम्बिनी मेघा सिटीका रुपमा विकास गरिने उनले बताए । बुटवलमा आयोजिक साक्षात्कार कार्यक्रममा बोल्दै मेयर सुबेदीले १ वर्ष १० महिनाको अवधिमा धेरै कामहरु सही बाटोमा आएको दावी गर्दै तत्काल रिजल्ट नदेखिएपनि भबिष्यमा अहिले गरेका कामका प्रगति र उपलब्धी देखिने बताए ।

    उनले विकासको आधारको पहिचान गरिएको भन्दै पर्यटन, कृषि, उद्योग र ब्यापारलाइ नै मुख्य प्राथमिकतामा राखिएको बताए ।

    स्रोतको पहिचान,सम्पदाको विकास सम्बद्धनमा लागेको भन्दै उनले पहिले लाख आम्दानी नहुने मणिमुकुन्द सेन उद्यानबाट फूलबारीबाट अहिले साढे ३ करोड भन्दा बढी आम्दानी हुन थालेको बताए ।

    अन्तर्राष्ट्रिय बिमानस्थल, बुटवल बेलहिया सिक्स लेन, बुटवलको सम्मेलन केन्द्र ,डेढ अरबको प्रदर्शनी स्थल, तिनाउ दानव तटबन्ध भूमिहीन अब्यबस्थित बसोबासीको ब्यस्था, बुटवलका बाइपास सडकहरु अहिलेका उपलब्धी भएको सुबेदीको भनाइ छ ।

    बुटवलको पार्किङ समस्या ३ बर्षभित्र सकिने भन्दै उनले पार्किङ भवन बनाउन लागेको समेत बताए । सडक निर्माणमा अक्सवाल प्रबिधिको प्रयोग गरिएको उनको भनाइ छ ।

    उनले केही चुनौती रहेको भन्दै पूर्वाधारमा धेरै खर्च, बहुवर्षीय योजना बनाउनुपर्ने लगायतको अप्ठ्यारा भएको सुनाए । आब ०७६/०७७ का लागि १ अर्ब ८४ करोडको बजेट सिलिङ तयार पारिएको उनले जानकारी दिए ।

    राष्ट्रिय गौरवका आयोजनालाइ ढुंगा गिटी किन नदिएको भन्ने पत्रकारको प्रश्नमा मेयर सुबेदीले भने -‘आयोेजनाको स्टीमेट अंक के हो, आधार के हो ? बिचौलीयाले धेरै खाएकाले कारबाही गरिएको हो ।’



    from Online Khabar http://bit.ly/2VAkbJE

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728