Header Ads

  • Breaking News

    करणको खुलासा–‘काजोल अक्षयको दिवाना’

    नायक अजय देवगण र नायिका काजोललाई बलिउडको सुन्दर जोडीका रुपमा लिइन्छ । उनीहरुको प्रेमको चर्चा पनि खुबै हुने गर्छ । उनीहरुलाई आदर्श जोडी मान्ने पनि धेरै छन् । उनीहरु हाल दुई सन्तानको आमा–बुबा बनिसकेका छन् ।
    हालै एक अन्तरवार्तामा भने निर्माता करण जोहरले काजोल अजय देवगणको भन्दा पनि अक्षय कुमारको दिवाना भएको खुलासा गरेका छन् । ‘दि कपिल शर्मा शो’मा काजोल र करण पाहुना बनेर पुगेका थिए । यो शोमा करणले काजोलको बारेमा नयाँ खुलासा गरिदिएका हुन् ।

    करण जोहरले भनेका छन्–‘काजोल र म एक चलचित्रको प्रिमियरमा भेटेका थियौं । उनको अक्षय कुमार क्रश थिए । उनले उक्त प्रिमियर पार्टीमा अक्षय कुमारलाई खेजिरहेकी थिइन् । मैले पनि उनलाई साथ दिएको थिए ।’ पछि काजोल र अक्षय कुमारले एक साथ चलचित्रमा काम पनि गरे । उनीहरुले ‘ए दिल्लगी’ नामक चलचित्रमा एकसाथ काम गरेका थिए । उक्त चलचित्रमा समावेश गीत ‘देखो जरा देखो’ निकै रुचाइएको थियो ।

    काजोल र करण निकै मिल्ने साथी हुन् । उनीहरु आफ्नो कुराहरु एक(अर्कामा सेयर गरिरहेका हुन्छन् । सुरुवाती दिनमा दुबै साउथ मुम्बईमा बस्ने भएका कारणले पनि उनीहरुको दोस्ती मजबुद भएको थियो ।



    from Online Khabar http://bit.ly/2V7GaZj

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728