धुलिखेलको छाँगेः नेपालको पहिलो सुरक्षित खानेपानी युक्त समुदाय
मोतीराम तिमल्सिना, काभ्रे ।
नेपालमा पहिलो पटक धुलिखेल नगरपालिकाका दुईवटा समुदायलाई पहिलो सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ ।
धुलिखेल नगरपालिका वडा नम्वर १ देविटारको छाँगे र धुलिखेल नगरपालिका वडा नम्वर ११ पातलेखेतमा रहेको धिताल टोल खानेपानी उपभोत्ता समितिलाई पहिलो सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ । नेपाल सरकार, धुलिखेल नगरपालिका, फिनल्याण्ड सरकार, सिविक फोरम र युनिसेफ नेपालको सहयोगमा देविटारको उक्त समुदायलाई पहिलो सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको हो ।

‘खानेपानी मात्रै होईन सुरक्षित खानेपानीका लागि नगरपालिकाले विभिन्न क्षेत्रको सहयोगमा काम गरिरहेको छ’–नगरपालिका प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘हामी दिगो विकासका लक्ष्यहरु अनुरुप सन् २०३० सम्ममा सम्पूर्ण जनसंख्यालाई सुरक्षित खानेपानीको सेवा पु¥याउन एक घर एक धाराको नीतिलाई समय भित्रै सम्पन्न गर्ने अभियानमा छौं । ’ छाँगेका ३० घरमा घरघर धारा जडान गरिएको छ ।
उक्त कार्यक्रममा नगरपालिका उपप्रमुख विमला शर्मा, फिनल्याण्ड दुतावासका यारी लुक्का, युनिसेफका तेमिडा अमाद, खानेपानी तथा ढल निकास विभागका उप महानिर्देशक मिना श्रेष्ठ, वडा अध्यक्ष रमेश घोरसाईने लगायतले सुरक्षित खानेपानीबाट उक्त समुदाय खुशी भएको बताउनु भयो । २ घर ब्राम्हाण र २८ घर तामाङ जातको समुदायले खोलाबाट पानी बोकेर ल्याउँदै जीवीका चलाउँदै आएको थियो ।
के हो सुरक्षित खानेपानी युक्त समुदाय ?
कुनै समुदाय सुरक्षित खानेपानी युक्त हुन सम्पूर्ण समुदायलाई सम्मिलित गरी सुरक्षित खानेपानीको योजना कार्यान्वयन गर्नु पर्छ । समुदाय खुल्ला दिसा मुक्त भएको, खानेपानी संकलनका श्रोतहरु जनावार तथा मानिसको आवतजावत नहुने, सम्पूर्ण घरधुरीली सुधारिएको खानेपानीको स्रोत प्रयोग गरेको वा अन्य स्रोत भएपनि आवश्यक प्रशोधन गरिएको हुनु पर्छ । त्यस्तै सम्पूर्ण घरधुरीे खानेपानीलाई सुरक्षित रुपमा भण्डारण गरेको हुनु पर्छ ।
‘ई कोली’ नामक जीवाणुको संक्रमण नभएको, आर्सेनिक र फ्लोराईड परिक्षण गरेर समुदाय आफैले गुणस्तर मापन गरेर सुरक्षित घोषणा गरे पश्चात तेश्रो बाह्य स्वतज्त्र निकायबाट प्रमाणीत गर्नु पर्छ । विद्यमान नियम अनुसार मापदण्ड पुरा गरेपछि मात्रै नेपाल सरकारले सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गर्न सक्नेछ । त्यहि मापदण्ड पुरा गरेकाले उक्त समुदायलाई नेपालकै पहिलो सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको हो ।
समुदायले विभिन्न प्रकृया पार गरेपछि मात्र खानेपानीको परिक्षणबाट सुरक्षित छ भन्ने निश्चित भएपछि छाँगेलाई पहिलो समुदायका रुपमा घोषणा गरिएको सिविक फोरमका कार्यक्रम संयोजक बसन्त कुँवरले बताउनु भयो ।
पञ्चलाल तामाङको अध्यक्षतामा जयराम बजगाई कोषाध्यक्ष र सिर्जना तामाङ सचिव रहेको उक्त समितिले १ वटा ईन्टेक सुधार, ग्राभेल प्याकिङ्ग र ईन्टेक संरक्षणको लागि तारजाली भर्ने कार्य सम्पन्न गरेको थियो । २ वटा जि.आई.पाईप क्रसिङ ब्लक निर्माण, १६ घनमीटरको फोरोसिमेन्ट टयाङ्की निर्माण, ३० घरधुरीमा बालमैत्री धारा निर्माण सहित खानेपानी मीटर जडान ।
२९३० मीटर नयाँ तथा पुराना पाईपलाईनहरु खन्ने पुर्ने कार्य सम्पन्न गरेको छ । फिनल्याण्ड सरकार÷युनिसेफ नेपाल १० लाख ८८ हजार ५ सय ६३ रुपैया सहयोग गरेको छ । समुदायको श्रमदान १ लाख ७० हजार ८ सय ८२ रुपैया रहेको थियो ।
from मुख्य समाचार – News of Nepal http://bit.ly/2IM4Vn3

No comments
Thanks for comments....