Header Ads

  • Breaking News

    पत्रकार देवकोटाद्वारा विपन्न बिद्यार्थीको अभिभावकत्व ग्रहण

    बिदुर । नुवाकोटबाट प्रकाशन हुने उत्तरगया दैनिक, नुवाकोट जागरण साप्ताहिक र नुवाकोट टाईम्स अनलाईनका संचालक एवं सम्पादक शिव देवकोटाले बिदुर नगरपालिका वडा नम्वर ५ माझिटारस्थित च्वाडी पब्लिक माध्यमिक बिद्यालयमा अध्ययनरत एक बिपन्न बिद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । आईतबार बिद्यालयमा आयोजित एक कार्यक्रममा बिद्यालयको कक्षा २ मा अध्ययनरत छात्र प्रितम तामाङका ठूलोबुवा सोमबारे तामाङले पत्रकार देवकोटालाई अभिभावकत्व हस्तान्तरण गरेका हुन् ।

    नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्वर ३ देउरालीका प्रितमको बुवा सम्पर्कवीहिन रहेको र आमा अन्यत्र विवाह गरेर गएका कारण उनलाई ठूलोबुवा सोमवारेले संरक्षण दिईरहेको अवस्थामा सोमबारे पनि मृगौला रोगबाट पीडित भएपछि प्रितमको पठनपाठन प्रभाबित बनेको थियो । बिद्यालयका प्रधानाध्यापक टिकाराम खरेलले बिद्यालयको आग्रहमा पत्रकार देवकोटाले प्रितमले बिद्यालयमा अध्ययन गरुञ्जेल सम्म नियमित खाजा सहित अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्च उपलब्ध गराउने सहमति भएको जानकारी दिएका छन् ।

    यसैगरी सोही कार्यक्रममा बिदुर नगरपालिका वडा नम्वर ५ का समाजसेवी ध्रुवप्रसाद ढकालले प्रितमकी दिदी कक्षा ६ मा अध्ययनरत पुजा तामाङको पनि अभिभावकत्व ग्रहण गरे । त्यसक्रममा पत्रकार देवकोटा र समाजसेवी ढकालले विपन्नताका कारण शिक्षा प्राप्त गर्ने अवस्थाबाट बञ्चित हुन नदिन तामाङ दिदीभाईको अभिभावकत्व स्विकारेको बताए ।

    The post पत्रकार देवकोटाद्वारा विपन्न बिद्यार्थीको अभिभावकत्व ग्रहण appeared first on Nepali News Online | Nepali Samachar Harekpal.



    from Nepali News Online | Nepali Samachar Harekpal http://bit.ly/2IP3LHk
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728