Header Ads

  • Breaking News

    विद्युत अनियमित हुँदा उपभोक्ता मारमा

    सर्लाही । सर्लाहीमा केहीदिन यता अनियमित रुपमा विद्युत कटौति भैरहेको छ । अघोषित रुपमा विद्युत कटौति हुँदा उपभोक्ताहरु मारमा परेका छन् । नेपाल विद्युत प्राधिकरणले बिना जानकारी जथाभावी लाइन काट्न थालेको कालिन्जोर– ७ की रीता विश्वकर्माले गुनासो गर्नुभयो । साँझ र बिहानपख तालिका विपरीत लोडसेडिङ हुँदा घरेलु उपभोक्ता बढी समस्यामा परेका हुन् ।

    नेपाल विद्युत प्राधिकरणको लालबन्दी, बरहथवा र मलंगवा तीन वटै वितरण केन्द्रमा यस्तो समस्या देखिएको उपभोक्ताहरुले गुनासो गरेका छन् । तर प्राधिकरणले भने कँहिकतै बिग्रिएको समयमा मर्मत संम्भार गर्नुपर्दा बाहेक अरुबेला विद्युत कटौति नहुने गरेको दावी गरेको छ । प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्रमुख इन्जिनियर बिजय महतोले विद्युत प्रवाहमा कुनै समस्या देखिए मर्मत संम्भार गर्नुपर्दा र बिहान बेलुका एक ठाउँबाट अर्को ठाउँमा विद्युत लाइन जोड्नुपर्दा केहीबेर लोडसेडिङ हुने गरेको बताउनुभयो । जिल्लामा धेरै विद्युत चोरी भैरहेकाले पनि कुनैबेला विद्युत भार थेग्न नसकेर आफै लाइन कट्ने गरेको मलंगवा वितरण केन्द्रका प्रमुख विष्णु प्रसाद यादवले बताउनुभयो ।

    The post विद्युत अनियमित हुँदा उपभोक्ता मारमा appeared first on Harekpal- Nepali News Online | Nepali Samachar.



    from Harekpal- Nepali News Online | Nepali Samachar http://ift.tt/2ET456z
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728