Header Ads

  • Breaking News

    गान्धीवादी नेता नीधिको आज ९६ औं जन्मजयन्ती

    काठमाडौं । नेपालका गान्धीवादी कांग्रेस नेता महेन्द्र नारायण नीधिको आज ९६ औं जन्म दिन । नीधिको जन्म दिन आज विविध कार्यक्रमहरुको आयोजना गरि मनाइदैछ । यसैक्रममा महेन्द्र नारायण नीधि मेमोरियल अस्पताल र महेन्द्र नारायण नीधि प्रतिष्ठानले आज दिउँसो २ बजे बसुन्धारास्थित महेन्द्र नारायण नीधि मेमोरियल अस्पतालको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दैछ ।

    १९७८ साल फागुन १३ गते शिवरात्रीका दिन धनुषा जिल्लाको नगराईनमा नीधिको जन्म भएको थियो । सामान्य किसान परिवारमा जन्मेका नीधि अहिंसावादी र राष्ट्रवादी नेताका रुपमा परिचय बनाएका थिए । उनलाई नेपालका गान्धी समेत भन्न गरिन्थ्यो । २०१५ सालको पहिलो प्रतिनीधिसभाका उपसभामुख, २०४७ सालको अन्तरिम सरकारमा जलस्रोत मन्त्री तथा नेपाली कांग्रेसको महामन्त्रीको भुमिका निर्वाह गरेको नीधिको २०५६ साल बैशाख २० गते जनकपुरमा निधन भयो ।

    २०१७ सालमा वीपी कोइरालाको सरकारलाई अपदस्थ गरि राजा महेन्द्रले प्रजातन्त्रमाथि कु गरेपछि प्रक्राउ नपरी र प्रवासमा समेत नगई नेपालमा नै बसेर नीधिले आन्दोलन अगाडि बढाएका थिए । राजाको कु पनि तत्कालिन अवस्थामा ससस्त्र क्रान्ति गर्ने सुवर्णशम्सेरको नीतिको विपरित उभिएका नीधिले २०३१ सालमा वीपी कोइरालाले ससस्त्र क्रान्तिको नीति लिदा समेत ससस्त्र क्रान्तिको विपक्षमा उभिएका थिए ।

    २०२५ सालमा वीपी कोइराला र गणेशमान सिंह जेलमुक्त भएर निर्वासनमा जाने विषयमा सल्लाह खोज्दा समेत नीधिले सो नीतिको विरोधमा देखिएका थिए । हिंसात्मक आन्दोलन र विदेशी भुमिबाट गरिने आन्दोलनले मुलकको हित नहुने विचार नीधिको थियो ।

    त्यती मात्र होइन नेपाली कांग्रेसका समकालिन नेताहरुमा नीधि पार्टीमा विधि र विधानको पालना हुनुपर्छ भन्ने पक्षमा वकालत गर्ने गर्दथे । २०४६ सालमा आन्दोलनको तयारीमा गणेशनमान सिंहको निवासमा भएको भेलामा तत्कालिन कार्यबहाक सभापति कृष्णप्रसाद भट्टराईलाई कन्र्फम सभापति बनाउने प्रस्तावको विपक्षमा नीधि उभिए । नीधिलाई भट्टराईका अत्यन्तै निकट नेताका रुपमा मानिन्थ्यो । तर नीधिले कन्फर्म सभापति पार्टीको महाधिवेशनले मात्र बनाउने सक्ने भन्दै विधीको पक्षमा उभिएका थिए ।

    The post गान्धीवादी नेता नीधिको आज ९६ औं जन्मजयन्ती appeared first on Harekpal- Nepali News Online | Nepali Samachar.



    from Harekpal- Nepali News Online | Nepali Samachar http://ift.tt/2sTuxr2
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728