Header Ads

  • Breaking News

    माओवादी संसदीय दलको मुख्य सचेतकमा सीता नेपाली चयन

    नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा सीता नेपाली चयन भएका छन्।

    माओवादी केन्द्रका तर्फबाट सुर्खेतबाट निर्वाचित सांसद सीता नेपालीलाई कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा चयन गरिएको सांसद कृष्णा शाहले जानकारी दिए। संसदीय दलका अन्य पदाधिकारी संसदीय दलको मस्यौदा नियमावली निर्माण भएपछि मात्रै चयन गरिने सांसद शाहले बताए।

    पार्टीका तर्फबाट प्रदेश सरकारको मन्त्री बन्ने दाबी गरेकी सांसद नेपाली कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतक बनेकी छन्। सांसद नेपाली दोस्रो संविधानसभा निर्वाचनमा सुर्खेतबाट सांसद भएर प्रतिनिधिसभामा संसदीय दलको सचेतक बनेका थिए।

    रासस



    from राजनीति – Setopati Nepal's Online Newspaper http://ift.tt/2F7ltnl

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728