Header Ads

  • Breaking News

    प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले शिक्षामा परिवर्तन

    पोखरा, १३ फागुन। युएसएडको सहयोग र शिक्षा मन्त्रालयद्वारा सञ्चालित प्रारम्भिक कक्षा पढाइ सीप प्रवद्र्धन कार्यक्रम (इजिआरपी) प्रभावकारी बन्दै गएको छ ।

    कास्कीका तीन विद्यालयमा छुट्टाछुट्टै गरिएको छलफलमा कक्षा १, २ र ३ का बालबालिकाको पठन सीप विकासमा युएसएडअन्तर्गत इजिआरपी कार्यक्रमले कास्कीलगायत छ जिल्लाका बालबालिकाका लागि समुदायमा आधारित यस कार्यक्रमको प्रभावकारिताले पठनपाठनमा परिवर्तन ल्याउन सफल भएकाले यसलाई निरन्तरता दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिए ।
    कार्यक्रम सञ्चालनसँगै यसले गाउँपालिकामात्र नभई पोखरा लेखनाथ महानगरका सामुदायिक विद्यालयमा राम्रो प्रभाव पारेको कास्कीका उपजिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले बताउनुभयो ।

    बालबालिकाको पठन सीपको विकासमा यो कार्यक्रम सहयोगी भएको बताउँदै उहाँले भन्नुभयो, “ स्थानीय तहको काँधमा आएको यो कार्यक्रमलाई विद्यालय र अभिभावकको समन्वयमा निरन्तरता दिन आवश्यक देखिएको छ ।”

    इजिआरपी कार्यक्रम निरन्तर चलाउनु पर्नेमा जोड दिँदै पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले दाताको सहयोग नभए पनि यस किसिमका कार्यक्रमले निरन्तरता पाउनु जरुरी भएको छ भन्नुभयो ।

    गोगन माविका प्रधानाध्यापक डम्मरप्रसाद पौडेलले कार्यक्रमले घर घरमा बालबालिकाको पढ्ने बानीको विकास, हुँदै पढाइ सीपमा सुधार र अभिभावकले आफ्ना बालबालिकालाई पढाउन समय दिनु पर्नेतर्फ सचेत गराएको बताउनुभयो ।

    भगवती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश गुरुङले
    कार्यक्रमसँगै विद्यार्थीको घर घर गएर बालबालिका पढे-नपढेको अनुगमन गरी अभिभावकलाई सचेत बनाउने गरिएको उहाँले बताउनुभयो ।

    तीन वर्षे कार्यक्रमअन्तर्गत जिल्लाका २२ स्रोत केन्द्रअन्तर्गतका विद्यालयमा लागू गरी टोल टोलमा पढाइ समूह गठन गरिएको इजिआरपी कार्यक्रम क्षेत्रीय संयोजक दीपक शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रारम्भिक शिक्षा पढाइ कार्यक्रमले जिल्लाका ३८७ विद्यालयका १ देखि ३ कक्षासम्म अध्ययनरत करिब १४ हजार विद्यार्थी लाभान्वित भएका छन् ।

    कार्यक्रमअन्तर्गत विद्यालयका प्रअ, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकसमेतलाई अभिमुखीकरणको माध्यमबाट बालबालिकाको पठन सीपलाई अझै उत्तरदायी बनाउँदै लगिएको समुदायस्तरको कार्यक्रम सञ्चालन गर्न जिम्मेवारी पाएको बाल हितकारी परियोजनाका कार्यकारी अधिकृत माधव आचार्यले बताउनुभयो ।

    समुदाय परिचालनको सम्बन्धमा अभिभावक दौँतरी शिक्षा, शिक्षक अभिभावक सम्मेलनलगायत टोल पढाइ समूहलाई स्थानीयस्तरमा पठन सामग्री निर्माणलगायतका क्रियाकलाप गर्दै घर तथा समुदायमा पढाइ वातावरण तयार गर्न सहयोगी बनेको उहाँले बताउनुभयो । रासस

    The post प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले शिक्षामा परिवर्तन appeared first on Harekpal- Nepali News Online | Nepali Samachar.



    from Harekpal- Nepali News Online | Nepali Samachar http://ift.tt/2sVuY3U
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728