Header Ads

  • Breaking News

    आकांक्षी धेरै हुँदा एमाले–माओवादीलाई मन्त्री छान्न सकस

    नेपाल समाचारपत्र, काठमाडौँ ।

    नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मन्त्री छान्न सकस परेको छ। दुवै पार्टीभित्र मन्त्री बन्ने आकांक्षी बढी हुँदा मन्त्री छनोट गर्न सकस परेको हो। सरकारले संघमा १७ वटा मात्र मन्त्रालय रहने निर्णय गरेपछि मन्त्री बन्ने आकांक्षीको संख्या बढेको छ। सत्तारूढ दल एमालेले १० र माओवादी केन्द्रले ७ मन्त्रालय लिने सहमति गरेसँगै दुवै दल मन्त्री छनोट गर्ने गृहकार्यमा जुटेका छन्। तर मन्त्रीको संख्या सानो र आकांक्षी धेरै हुँदा व्यवस्थापन गर्न दुवै पार्टी नेतृत्वलाई दबाब परेको छ।

    माओवादीमा गृहमन्त्रीको किचलो, एमालेमा पनि उस्तै झमेला

    आइतबार साँझसम्म दुवै पार्टीबाट मन्त्री बन्नेहरुको नाम टुंगो लागेमा सोमबार सपथग्रहण हुने भनिएतापनि माओवादीबाट गृहमन्त्रीका लागि रामबहादुर थापा र वर्षमान पुनले अडान नछाड्दा अध्यक्ष प्रचण्डले मन्त्रीको नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिन सकेका छैनन् ।

    अध्यक्ष प्रचण्डले वर्षमान पुनलाई गृहमन्त्री बनाउनुपर्ने दबावमा परेका छन् भने बादलले गृहमन्त्रीको अडान नछाडेका कारण माओवादीलाई गृहमन्त्री नाम पठाउन सकस बनेको देखिएको छ ।

    माओवादी केन्द्र भित्रै फेरी अर्का गृहमन्त्रीको दावेदार मानिएका पूर्वगृहमन्त्री र उर्जामन्त्री समेत बनेर चिनिएका जनार्दन शर्माको नाम पनि व्यापक चर्चामा आएको छ । यसले गर्दा अध्यक्ष पुष्पकमल दाहाललाई गृहमन्त्री कसलाई बनाउने भन्नेबारे लफडा सिर्जना भएको जस्तो देखिएको छ ।

    माओवादी केन्द्रले अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामहादुर थापा बादललाई मन्त्रीहरुको नाम टुंगो लगाउने अख्तियारी दिएको छ । यदि आइतबार नै उनिहरुले मन्त्रीहरुको टुगों लगाउन सकेको खण्डमा सोमबार सपथ हुने बताइएको छ ।

    साथै एमालेभित्र पनि मन्त्री बन्ने अकांक्षी धेरै भएको हुँदा मन्त्रीहरुको को को बन्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन । पार्टी स्थायी कमिटिले प्रमुख नेताहरुसँगको छलफलमा अध्यक्षले मन्त्री छान्ने अख्तियारी दिएको छ । तर, पनि कमिटिले नाम सिफारीस गर्न नस्कदा एमालेमा मन्त्रीको किचलो निक्लेको छ । तैपनि एमाले नेताहरुले सोमबार मन्त्रिमरिषद विस्तार कुनै हालतमा हुने दावी गरेका छन् ।

    यसपछि फोरम र राजपालाई फकाउँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भनेर पनि चर्चा परीचर्चा हुन थालेको छ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसमेतलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल दुवैले जोडबल गरेकाले मन्त्रिमण्डलले पूर्णता नपाएको बताइएको छ ।



    from मुख्य समाचार – News of Nepal http://ift.tt/2F3vbXQ
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728