Header Ads

• Breaking News

इङ्लिस प्रिमियर लिगमा लिभरपुल, ब्राईटन र वाट्फोर्ड विजयी

काठमाडौं, फागुन १३ । इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपुल, ब्राईटन र वाट्फोर्ड विजयी भएका छन् ।

गएराति आफ्नै मैदानमा लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई ४-१ ले हरायो ।

खेलमा लिभरपुललाई विजयी गराउन एम्रे च्यान, मोहोमद सालाह, रोबर्टो फर्मीनो र सादियो मानेले एक–एक गोल गरे । वेष्ट ह्याम युनाईटेडका लागि मिचेल एन्टोनियोले एक गोल फर्काए ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा वाट्फोर्डले एभर्टनलाई १-० ले हराउँदा हडर्सफिल्ड टाउनले वेष्ट ब्रोमलाई २-१ ले तथा ब्राईटनले स्वान्सी सिटीलाई ४-१ ले पराजित गरे ।

लेष्टर सिटी र स्टोक सिटी तथा बर्न्ले र साउथह्याम्पटनले १-१ गोलको बराबरी खेल्दा बर्नमाउथ र न्युकासल युनाईटेड २-२ गोलको बराबरीमा समेटिएका छन् ।

प्रिमियर लिग फुटबलमा आज क्रिष्टल प्यालेस र टोटनह्याम हट्सपर तथा म्यान्चेस्टर युनाईटेड र चेल्सी भिड्नेछन् ।

from Imagekhabar http://ift.tt/2BQLF3l

No comments

Thanks for comments....

Post Top Ad

ad728

Post Bottom Ad

ad728