Header Ads

  • Breaking News

    दुईवर्ष सम्म पनि पदाधिकारी विहीन कांग्रेस

    विधान अनुसार निर्वाचित भएर आएका सभापतिले विधानलाई वेवास्था गर्नु दुखत कुरा हो– प्रकाशमान सिंह
    रामकृष्ण चापागाईं, काठमाडौं । नेपाली काग्रेसको १३औं महाधिवेशन सम्पन्न भएको दुईवर्ष भैसक्दा पनि सभापति शेरवहादुर देउवाले पदाधिकारी मनोनित गर्न सक्नुभएको छैन । महाधिवेशन सम्पन्न भएको दुईमहिना भित्र सभापतिले पदाधिकारी सदस्य रहने एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्नुपर्ने पार्टी विधानमा उल्लेख छ ।

    १३औं महाधिवेशन पछि नयाँ पदाधिकारी मनोनित नहुदा सभापति देउवाले राष्ट्रिय राजनीतिको महत्वपुर्ण विषयमा निर्णय लिनुपर्दा पुर्व पदाधिकारीहरु संग छलफल गर्दै आउनु भएको छ । पदाधिकारी सदस्य रहने पार्टी प्रवक्ता भने सभापति देउवाले हालै मनोनित गर्नुभएको छ ।

    दुईवर्ष अघि फागुनको अन्तिम साता १३औं महाधिवेशन सम्पन्न भई चैत्रको पहिलो साता सभापतिको सभापतिको कार्यभार सम्हाल्नु भएका सभापति देउवाले महाधिवेशनमा नेतृत्वको दाबी गर्दै चुनावमा होमिदा विधान अनुसार दुईमहिना भित्रै पार्टीको संगठनात्मक संरचनालाई पुर्णता दिनुका साथै पदाधिकारी मनोनित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

    आन्तरीक गुट उपगुटमा विभाजित काग्रेस भित्र उपसभापतिको लागि खुमवहादुर खड्का र वीमलेन्द्र नीधि मध्य एकलाई उपसभापति बनाउने देउवाको तयारी भएपनि पछिल्लो समय स्वास्थ्य समस्याको कारण खड्काले नीधिलाई नै उपसभापतिमा समर्थन गरेका थिए । काग्रेसभित्र केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी उपसभापतिले लिने प्राब्धान छ ।

    महामन्त्रीमा देउवा गुट भित्र थिङ ट्याङ्कको रुपमा चिनिने पुर्णवहादुर खड्कालाई मनोनित गर्ने देउवाको तयारी रहेको स्रोतले जनाएको छ । सहमहामन्त्रीमा भने वरिष्ठ नेता रामचन्द्र पौडेल गुटका महेश आचार्यलाई मनोनित गर्न सभापति देउवालाई दबाब बढेको छ ।

    पार्टी सभापति विधान अनुसार निर्वाचित भएर आउने तर निर्वाचित भएपछि विधानलाई वेवास्था गर्ने परिपाटी काग्रेस भित्र रहेको भन्दै काग्रेस नेता प्रकाशमान सिंह भन्नुहुन्छ– महाधिवेशन सम्पन्न भएको दुईवर्ष वित्दासमेत पार्टीभि पदाधिकारी मनोनित भएका छैनन् ।

    साथै उहाले विधान अनुसार दुईमहिना भित्र गठन गरिसक्नुपर्ने विभाग पनि हालसम्म गठन नभएको बताउनु भएको छ । सभापति देउवाले बाकी केन्द्रिय सदस्यसमत मनोनित गरि केन्द्रिय समितिलाई पुर्णता दिन सक्नु भएको छैन ।

    पार्टी सभापति देउवाको कमजोरीका कारण हालै सम्पन्न स्थानीय, प्रादेशिकर संघीय तीन तहको निर्वाचनमा काग्रेसले नराम्ररी हार व्यहोर्नु परेको भन्दै आलोचना भैरहेको बेला सभापतिले पार्टीको संगठनात्मक संरचनालाई समयमै पुर्णता दिएको निर्वाचन परिणाममा सुधान हुने आवाजहरुपनि उठिरहेको छ ।

    काग्रेस केनिद्रय सदस्य धनराज गुरुङ भन्नुहुन्छ– निर्वाचनमा काग्रेसले हार व्यहोर्नुपर्नुको मुख्य कारण पार्टी नेतृत्वको कमजोरी नै हो । उहाले पार्टी संगठनलाई चुस्त दुरुस्त राख्न नसकेको, पार्टी संगठन तथा भातृ र सुभेच्छुक संघ संस्थालाई चलायमान बनाउन नसकेको जस्ता आरोपहरु सभापति देउवामाथि लगाउनु भएको छ ।

    नेपाली कांग्रेस पार्टीलाई युवा वर्गको आशा र भरोसाको केन्द्र बनाउन जरूरी रहेको औल्याउदै देउवाले पार्टी विधानको व्यवस्थालाई अक्षरशः कार्यान्वयन गर्दै नेता, कार्यकर्ता, शुभेच्छुक समर्थकको ऊर्जा एवम् क्षमतालाई सुदृढ र गतिशील पार्टी निर्माणमा लगाउने प्रतिवद्धता गरेपनि सभापतिमा निर्वाचित भएपछि देउवाले आफुले गरेको प्रतिवद्धतालाई फर्केर नहेरेको पार्टीभित्र आरोप लागिरहेको छ ।

    सभापति देउवाले संघीय संरचना अनुरूप पार्टी संरचनालाई रूपान्तरित गरिने बताउउदै तेह्रौं महाधिवेशनपछि यथाशीघ्र महासमितिको बैठक बोलाइने र महासमितिमा बदलिंदो आवश्यकता र अनुभवका आधारमा विस्तृत संशोधन प्रस्ताव प्रस्तावित गरिने भनेपनि उहाले दुईवर्ष सम्म महासमितिको बैठक बोलाउनु भएको छैन ।

    नया संरचना अनुसार पार्टीको सांगठनीक संरचना तयार पार्न पनि महासमिति बैठक तत्काल बसेर विधान संशोधन गर्नुपर्ने जिल्ला सभापतिहरुले समेत आवाज उठाउदै आएका छन् ।

    काग्रेस जिल्ला सभापतिहरुले तत्काल राष्ट्रिय भेला आयोजना गरि विधान शंशोधनको मस्यौदा तयार पार्नुका साथै पार्टीको संगठनात्मक संरचना, सदस्यताको प्रकृति, पार्टीभित्रको निर्वाचन प्रणाली, मुल्याङ्कन पद्धति र संगठनात्मक व्यवस्था सम्बन्धि ठोस प्रस्ताव तयार पार्ने र उक्त प्रस्ताव केन्द्रिय समिति र महासमिति बैठकमा लैजाने तयारी समेत गरिरहेका छन् ।



    from मुख्य समाचार – News of Nepal http://ift.tt/2CjJDK8
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728