Header Ads

  • Breaking News

    एन आई सी एसिया र ईमर्जिङ्ग नेपाल बिच सम्झौता

    एन आई सी एसिया क्यापिटल लिमिटेड र ईमर्जिङ्ग नेपाल लिमिटेड बिच ५,००,००० कित्ता (कर्मचारी समेत) साधारण शेयरहरुको धितोपत्र निष्कशन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने सम्झौता भएको छ । एन आई सी एसिया क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री झनक राज ढुङ्गेल तथा ईमर्जिङ्ग नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा विनोद आत्रेयले सो सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

    नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक – निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनिले विभिन्न क्षेत्रमा सेयर लगानी गरि देशका आधारभूत संरचना विकाशमा कार्य गर्नेछ ।

    एन आई सी एसिया क्यापिटल लिमिटेडले हाल बजारमा कायम रहेको बैंक तथा बित्तिय संस्था, इन्स्योरेन्स र जलबिद्युत लगायत अन्य क्षेत्रहरुका कम्पनीहरुलाई सर्वसाधारणमा शेयर निष्काशन गर्न सहजीकरण गर्दै आइरहेको छ ।

    The post एन आई सी एसिया र ईमर्जिङ्ग नेपाल बिच सम्झौता appeared first on Harekpal- Nepali News Online | Nepali Samachar.



    from Harekpal- Nepali News Online | Nepali Samachar http://ift.tt/2ESFTwZ
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728