Header Ads

  • Breaking News

    रंग बिनाको होली गीतको भिडियो सार्वजनिक

    काठमाडौं । गायक राज के गोस्वामीको गीत रंग बिनाको होलीु सार्वजनिक भएको छ। शुक्रबार युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो। गीतमा किरण भण्डारीको शब्द संगीत रहेको छ। गीतको एरेन्ज पनि किरणले नै गरेका हुन्।
    प्रेमीका विनाको आफ्नो सादा जीवनलाई रंग विनाको होलीसँग तुलना गरेर देखाउन खोजिएको उक्त गीतको भिडियोमा अनिल थापा र सुरक्षा पन्त फिचरिङ छन्।
    शान थापाको निर्देशनमा तयार भएको भिडियोमा राजिप समरको नृत्य निर्देशन रहेको छ। मिलन शंकरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।

    The post रंग बिनाको होली गीतको भिडियो सार्वजनिक appeared first on Harekpal- Nepali News Online | Nepali Samachar.



    from Harekpal- Nepali News Online | Nepali Samachar http://ift.tt/2sRNnyB
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728