Header Ads

  • Breaking News

    एमाले–माओवादीलाई मन्त्री छान्न सकस

    मधुसूदन रायमाझी, काठमाडौं
    नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मन्त्री छान्न सकस परेको छ। दुवै पार्टीभित्र मन्त्री बन्ने आकांक्षी बढी हुँदा मन्त्री छनोट गर्न सकस परेको हो। सरकारले संघमा १७ वटा मात्र मन्त्रालय रहने निर्णय गरेपछि मन्त्री बन्ने आकांक्षीको संख्या बढेको छ। सत्तारूढ दल एमालेले १० र माओवादी केन्द्रले ७ मन्त्रालय लिने सहमति गरेसँगै दुवै दल मन्त्री छनोट गर्ने गृहकार्यमा जुटेका छन्। तर मन्त्रीको संख्या सानो र आकांक्षी धेरै हुँदा व्यवस्थापन गर्न दुवै पार्टी नेतृत्वलाई दबाब परेको छ।
    -१५ मन्त्री बन्न तीन दर्जन आकांक्षी 
    -मन्त्री छान्ने जिम्मा ओली 
    र प्रचण्डलाई 
    -खुमलटार र बालुवाटारमा
    लर्को 
    मन्त्री छनोटका लागि बसेको एमालेको स्थायी समितिको बैठकले पनि मन्त्री छनोट गर्न सकेन। पार्टीभित्र मन्त्रीको आकांक्षी धेरै भए पनि एमालेभित्र पनि मन्त्री बन्नेको होड चलेको छ। एमालेले पाएको १० मन्त्रालयमध्ये २ मन्त्रीले शपथ लिइसकेका छन् भने बाँकी ८ मन्त्री छनोट गर्नुपर्ने छ। मन्त्री बन्नका लागि दुई दर्जनभन्दा बढी नेता दौडमा रहेका छन्।
    विगतमा मन्त्रालयको संख्या ३१ वटा रहेका कारण धेरैले मन्त्री बन्ने अवसर पाउने गरेका थिए। तर अब १७ वटा मात्र मन्त्रालय रहने भएपछि पार्टीलाई मन्त्री छनोट गर्न सकस परेको छ। एमालेभित्र अर्थमन्त्री बन्नका लागि महासचिव ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवाली दौडमा रहनुभएको छ। एमालेबाटै सचिव योगश भट्टराई पनि आकांक्षी छन्। एमालेकै स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, उपमहासचिव विष्णु पौडेल, राष्ट्रियसभामा मनोनित हुनुभएका डा. युवराज खतिवडा, रवीन्द्र अधिकारीलगायत दुई दर्जन बढी आकांक्षी देखिएका छन्।
    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको स्थायी समिति बैठकले भूगोल, समावेशीता र क्षमता हेरेर यथाशक्य चाँडो मन्त्री चयन गर्ने अधिकार पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीलाई दिने निर्णय गरेको छ। बैठकले मन्त्रिमण्डल विस्तार गर्ने क्रममा माओवादी, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टीसहित पार्टीभित्रका नेतासँग छलफल गरेर मन्त्री चयनको जिम्मा ओलीलाई दिने निर्णय गरेको सचिव योगेश भट्टराईले बताउनुभयो।
    बैठकले दुई पार्टीबीच एकताका क्रममा यही फागुन ७ गते भएको सातबुँदे सम्झौता पार्टी एकीकरणको सकारात्मक आधार भएको भन्दै अनुमोदनसमेत गरेको छ। बैठकले पार्टी एकीकरणमा रहेकाले पार्टीका विभिन्न जनवर्गीय संगठनका अधिवेशन र सम्मेलनको मिति तय भएको भए तत्काल स्थगित गर्ने  निर्णय गरेको छ।
    माओवादी केन्द्रभित्र पनि मन्त्री छनोट गर्न ठूलो विवाद शुरू भएको छ। मन्त्री छनोटमा प्रचण्ड र रामबहादुर थापाबीच विवाद चुलिएको बताइएको छ। थापाकै नेतृत्वमा पार्टी सरकारमा हुने विषयमा मोटामोटी सहमति भए पनि गृहमन्त्री को भन्ने विषयले माओवादीभित्र विवाद चुलिँदै गएको छ। गृहमन्त्री बन्ने दौडमा थापा, वर्षमान पुन, जनार्दन शर्मा रहेका छन्। तीनै जनाले गृहमन्त्रीमा दाबी गरेपछि गाँठो फुकाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सकस परेको छ।
    पार्टीले पाएको सात जना मन्त्री छनोटका लागि बसेको केन्द्रीय कार्यालयको बैठकमा पनि कुनै सहमति जुट्न नसकेपछि मन्त्री छान्ने जिम्मेवारी पार्टीले प्रचण्डलाई दिएको छ। सात मन्त्री बन्नका लागि दुई दर्जनभन्दा बढी नेताहरू दौडमा रहेका छन्।
    प्रदेश १ बाट हिमाल किराँती, अमनलाल मोदी, राम कार्की र शिवकुमार मण्डल दौडमा रहेका छन्। प्रदेश २ बाट गिरिराजमणि पोखरेल, प्रभु साह र मातृका यादव दौडमा रहेका छन्। मधेसबाट मातृका यादव मन्त्री बन्ने पक्कापक्की भएको माओवादी एक नेताले बताए। प्रदेश ३ बाट अग्नि सापकोटा, हरिबोल गजुरेल, पम्फा भुसाल, रामबहादुर थापा बादल र हितबहादुर तामाङले मन्त्री बन्ने आकांक्षा देखाएका छ्न। थापाले नै पार्टीका तर्फबाट सरकारमा नेतृत्व गरेर जाने विषयमा सहमति जुटेको बताइएको छ।
    तर गृहमन्त्री वा अन्य कुन मन्त्रालय लिने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन्। प्रदेश ४ बाट देवेन्द्र पौडेल, देव गुरुङ र हरि अधिकारी आकांक्षी छन् भने प्रदेश ५ बाट वर्षमान पुन, कृष्णबहादुर महरा, चन्द्रप्रकाश खनाल, टोपबहादुर रायमाझी, सन्तकुमार थारु, कमला रोका मन्त्रीका लागि दौडधुपमा लागेका छन्। वर्षमान पुन आफूले गृहमन्त्री बन्न पाउनुपर्ने दौडधुपमा रहेका छन्।
    पार्टीभित्र कृष्णबहादुर महरा र देव गुरुङ भने सभामुखको दौडमा रहेका छन्। प्रदेश ६ बाट शक्ति बस्नेत, टेकबहादुर बस्नेत र जनार्दन शर्मा र प्रदेश ७ बाट संघीय मन्त्रीका दाबेदाहरूमा लेखराज भट्ट र विना मगर रहेका छन्। पार्टीको भागमा परेको गृहमन्त्रीमा को जाने भन्ने विषयमा थापा, पुन र शर्माबीच विवाद रहेको बताइएको छ।
    एमाले र माओवादीबीच मन्त्रालय भागवण्डा गरेलगत्तै शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरे पनि पार्टीभित्रको आन्तरिक विवादका कारण हुन सकेन।
    आज शनिबार बेलुकासम्म मन्त्रीको टुंगो लगाउने र आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी प्रधानमन्त्री ओलीले गर्नुभएको छ। प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले मन्त्रिपरिषद् विस्तार छिट्टै हुने बताउनुभयो।
    मन्त्री छनोट गर्ने दबाबमा रहनुभएका प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आन्तरिक गृहकार्यमा जुट्नुभएको छ। मन्त्री बन्नका लागि प्रधानमन्त्री निवास बालुवाटार र प्रचण्ड निवास खुमलटारमा नेताहरूको भीड लागेको छ।


    from मुख्य समाचार – News of Nepal http://ift.tt/2CiZqZU
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728