Header Ads

  • Breaking News

    अदालतसमक्ष आत्मसमर्पण गरेका सांसद चौधरीको बयान सुरु

    काठमाडौं । आज अदालतसमक्ष आत्मसमर्पण गरेका सांसद समेत रहेका फरार रेशम चौधरीको कैलाली जिल्ला अदालतको इजलास नम्बर १ मा चौधरीको बयान सुरु भएको छ। न्यायाधीश परशुराम भट्टरार्इको इजलासमा जारी बयानमा चौधरीको पक्षमा गंगाराम उपाध्याय, मिलन राई, गजेन्द्र बहादुर केसी सहित चारजना अधिवक्ताले बहस गर्दैछन्।

    २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा एसएसपी लक्ष्मण न्यौपाने र दुई वर्षिय बालक सहित ८ जनाको हत्या भएपछि चौधरी फरार थिए । उक्त घटनामा चौधरीसहितका ५६ जनाको संलग्नता रहेको आरोपमा मुद्दा चलिरहेको थियो। ५६ मध्ये २५ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। २३ जना कैलाली कारागारमा छन्।

    फरार रहेकै बेला चौधरी राष्ट्रिय जनता पार्टीबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भए पनि उनी ०७२ भदौमा भएको टीकापुर घटनाका मुख्य योजनाकार भन्दै प्रहरीको मोष्ट वान्टेटको सूचीमा रहेका थिए ।

    The post अदालतसमक्ष आत्मसमर्पण गरेका सांसद चौधरीको बयान सुरु appeared first on Harekpal- Nepali News Online | Nepali Samachar.



    from Harekpal- Nepali News Online | Nepali Samachar http://ift.tt/2FxEMUC
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728